भदौ १ गतेदेखि बडीमालिकामा पूजा आरम्भ हुँदै
kalakarmi.com · Sat Aug 08 04:33:34 GMT 2026

बाजुरा- धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूर्णिमा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने भएको छ ।
बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको भिडलाई मध्यनजर गर्दै भदौ १ गते श्रावण शुक्ल पक्षको पञ्चमी तिथिको दिन यज्ञ स्थापना गरेर पूजा आरम्भ गरिने मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्यायले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)