मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्तामा एसएसबीको अनधिकृत प्रवेश : भारतीय प्रशासनले नेपालको कुरै सुनेन

ekantipur.com · Tue Nov 09 01:25:44 GMT 2021

परासी, काठमाडौं — अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरेर जमिन नापजाँच गर्नुका साथै आकाशमा ड्रोन उडाएको घटनामा नेपाली पक्षले गरेको ध्यानाकर्षणलाई भारतीय प्रशासनले बेवास्ता गरेको छ ।

एसएसबीको फौज बिनाअनुमति नेपाली भूमि प्रवेश गरेको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय प्रशासनले भारतीय समकक्षी निकायको ध्यानाकर्षण गराउने प्रयास गर्दा भारतीय पक्ष सम्पर्कमै आउन चाहेन । सोमबार स्थलगत निरीक्षणमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको सुरक्षा टोली सुस्तापारि सीमा इलाकामा तैनाथ भारतीय सुरक्षाकर्मीमार्फत एसएसबीको घुसपैठबारे मौखिक ध्यानाकर्षण गराएर फर्किएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)