वर्षाका कारण नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित
ratopati.com · Fri Oct 09 18:21:36 GMT 2026

काठमाडौँ । काठमाडौँमा शुक्रबार राति भएकाे वर्षाका कारण नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित भएको छ । खुला मञ्चमा मतदान सम्पन्न गरी सिल गरिएका मतपेटिका वर्षाका कारण मतगणना स्थल राष्ट्रिय सभा गृहमा ल्याउन नसकिएको हो ।
निर्वाचन समितिका अनुसार खुला मञ्चबाट गाडीमा हाल्दा र राष्ट्रिय सभा गृहमा ल्याएर गाडीबाट झार्दा पानीले मतपेटिका भिज्ने जोखिम भएका कारण ढुवानी रोकिएको हो । समितिले पानी नरोकिँदासम्म खुला मञ्चबाट मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याउन सक्ने अवस्था नरहेको जनाएको छ । यसै कारण मतगणना कार्यमा समेत बिलम्ब भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)