नौ दिनदेखि बेपत्ता सुजिताको शव जंगलमा भेटियो
nayapatrikadaily.com · Mon Jul 05 23:51:00 GMT 2021
नौ दिनदेखि हराएकी राप्ती नगरपालिका– ३ की सुजिता भण्डारीको शव जंगलमा भेटिएको छ । परिवारले उनको हत्या भएको आशंका गरेको छ । स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा आइतबार बेलुका उनको शव भेटिएको हो । च्याउ खोज्न गएका स्थानीय सीताराम चेपाङले शव देखेर प्रहरीलाई जानकारी गराएकोमा सुजिताकै शव भएको सनाखत भएको हो ।
२३ वर्षकी भण्डारी गत ११ असारको बिहान घरबाट निस्केकी थिइन् । करिब डेढ किलोमिटरको दूरीमा रहेकी साथीको घरमा तरकारी लिन भनेर गएकी उनी त्यसयता बेपत्ता थिइन् । त्यही दिन दिउँसो दिदीले फोन गर्दा उनले आफ्नो अपहरण भएको बताएकी थिइन् । तर, पछि मोबाइलमा सम्पर्क हुन सकेको थिएन । त्यसयता प्रहरीबाट समेत उनको खोजतलास हुँदै आएको थियो । त्यो दिन उनी साथीको घर पनि नपुगेको र कसैले अपहरण गरेको हुन सक्ने परिवारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)