प्रसूति गृहमा नवजात शिशु मृत्युदरमा सुधार : पाँच वर्षमै दुई तिहाइले कमी
kendrabindu.com · Sat Aug 08 05:17:16 GMT 2026

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले पछिल्लो पाँच वर्षमा अस्पतालमा हुने नवजात शिशुको मृत्युलाई दुई तिहाइभन्दा बढीले घटाउन सफल भएको छ । यसका लागि चिकित्सक र नर्सको दरबन्दी थप्नेदेखि संक्रमण नियन्त्रणमा धेरै काम गरेको अस्पताल प्रशासनले जनाएको छ ।
पाँच वर्षअघि अस्पतालमा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा करिब ८ जना थियो, अर्थात् प्रत्येक एक हजार जीवित जन्ममध्ये कम्तीमा ८ जना नवजात शिशुको मृत्यु हुने गरेको थियो । हाल मृत्युदर घटेर प्रतिहजार जीवित जन्ममा करिब २.५ मा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)