म्यानका विज्ञहरूको जोड - बजेट र मौद्रिक नीतिबीच समन्वय आवश्यक
arthadabali.com · Mon Jun 08 14:41:54 GMT 2026

काठमाडौँ / नेपाल व्यवस्थापन संघ (म्यान) ले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यपछिको विश्लेषण तथा आगामी मौद्रिक नीति–पूर्व छलफल कार्यक्रम सम्पन्न गरेको छ।
“बजेटको प्रभावकारी कार्यान्वयन र सन्तुलित मौद्रिक नीति मार्फत नतिजामुखी आर्थिक विकास” भन्ने नारासहित आयोजित उक्त कार्यक्रम संघकी अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा किरण पण्डित सहभागीता रहेकाे थियाे ।
कार्यक्रमको पहिलो सत्रमा आर्थिक नीति, संरचनात्मक सुधार र स्रोत परिचालन विषयमा छलफल भएको थियो। संघका सदस्य जीवन कुमार कटुवालले स्वागत मन्तव्य राखेका थिए भने दोस्रो उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए ।
प्यानल छलफलमा पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन तथा प्रतिनिधि सभा सदस्य लीमा अधिकारीले बजेट कार्यान्वयन र आर्थिक सुधारसम्बन्धी आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
दोस्रो सत्रमा “आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण” विषयमा छलफल गरिएको थियो। कार्यक्रममा संघका महासचिव इन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसपछि पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा र पूर्व बैंकर अनलराज भट्टराईले मौद्रिक नीतिका विभिन्न पक्षमा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष हेमा कुमारी अधिकारीले सरोकारवालाबाट प्राप्त सुझावहरू संकलन गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकमा बुझाइने जानकारी दिए ।
संघले मौद्रिक नीति सार्वजनिक हुनुअघि सरोकारवालाहरूको सुझाव संकलन गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ।
सम्बन्धित विषय:
# मौद्रिक नीति
# बजेट
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
प्रतिनिधि सभा