मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

deshsanchar.com · Fri May 07 16:45:14 GMT 2021

वासिङ्टन, १४ मङसिर (रासस/सिन्ह्वा)– अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।

ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्को राम्रो कामगर्ने दल चाहेको बताएका हुन्। हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)