नेपाली कांग्रेस महाधिवेशन अनिश्चय !
dcnepal.com · Sat Jul 24 00:30:19 GMT 2021
काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
महाधिवेशन जस्तो महŒवपूर्ण कार्य आरम्भ गर्नु तीन दिन पहिलेसम्म कुनै तयारी नहुनु आश्चर्यजनक मानिन्छ । चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि पनि अब जम्माजम्मी ३५ दिनभन्दा बढी छैन । करिब १० लाख क्रियाशील सदस्यबाट टोल, वार्ड, पालिका, जिल्ला, प्रदेश र केन्द्र गरी करिब एक लाख पदाधिकारी र सदस्यको चयन हुनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)