मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आर्थिक संकट झेल्दै बयालपाटा अस्पताल

ekantipur.com · Sun Sep 03 01:13:56 GMT 2023

अछाम — विदेशी दाताको सहयोगमा लामो समयसम्म विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताल अहिले भने आर्थिक संकटमा छ । सबै सेवा निःशुल्क दिइरहेको यो अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रवासीका लागि उपचारको पहिलो गन्तव्य हो ।

दाताको सहयोग रोकिएपछि सरकारीस्तरबाट सहयोग गर्ने/नगर्नेबारे अन्योल भइरहँदा अस्पताल भने संकटमा पुगेको हो । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले यस अस्पताल सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल प्रमुख डा. मन्दीप पाठकका अनुसार अस्पताल सञ्चालनका लागि बर्सेनि २२ करोड रुपैयाँ आवश्यक पर्छ । विदेशी निकाय, स्थानीय तह र अन्य क्षेत्रबाट सहयोग जुटाएर अस्पताल सञ्चालन गरिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)