मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालबालिकाको 'आँखा रातो'? एडिनो भाइरस पनि हुनसक्छ

swasthyakhabar.com · Tue Aug 02 00:19:00 GMT 2022

हाल बालबालिकामा एडिनो भाइरस फैलदो छ। यो वर्षेनी देखिने भएकोले नयाँ भाइरस भने होइन।अनुसन्धानहरुले ६ महिनादेखि ५ वर्षको उमेरसम्ममा एडिनो भाइरसको संक्रमण उत्कर्षमा पुग्ने देखाएका छन्। बालबालिका १० वर्ष पुगुन्जेलसम्ममा कम्तिमा पनि एकपटक संक्रमण भइसकेको हुने अध्यनहरुले देखाएको छ। यसबाट पनि एडिनो भाइरस हाम बीच कति ब्याप्त रहेछ भन्ने देखाउँछ।

बालबालिकाहरु सामान्यतय डे-क्यर सेन्टरमा जाँदा र त्यहाँ रहेका खेलौनाहरुको प्रयोग गर्दा, विद्यालयमा बालबालिकाहरु विभिन्न अतिरिक्त क्रियाकलापमासँगै हुँदा एक अर्कामा संक्रमण सार्ने सम्भावना बढी हुने गर्दछ। पाँच वर्ष मुनिका बालबालिकामा देखिने सबैभन्दा बढी स्वास्थ समस्यामा श्वास-प्रश्वासको संक्रमण पहिलो स्थानमा पर्दछ। र श्वास-प्रश्वास संक्रमण गराउनेमा अनुमानित ७-८ प्रतिशत एडिनो भाइरस कारक हुने अनुसन्धानहरुले देखाउँदछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)