मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाए

nayapatrikadaily.com · Sat Feb 12 00:35:00 GMT 2022

दुग्ध विकास संस्थान (डिडिसी)ले निर्धारण गर्दै आएको मूल्यमा दूध तथा दूधजन्य पदार्थ बिक्री गर्दै आएका निजी डेरीले यसपटक बढी मूल्य निर्धारण गरेका छन् । डिडिसीले ४ प्रतिशत चिल्लो पदार्थ र ८ एकाइ ठोस पदार्थ (एसएनएफ) भएको दूधको उपभोक्ता मूल्य नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ प्रतिलिटर निर्धारण गरेको थियो । यसरी बढेको मूल्यमा ६.८१ रुपैयाँ किसानले र २.१९ रुपैयाँ उद्योगले पाउने गरी अनुपात मिलाइएको छ ।

जसकारण किसानले शुक्रबारदेखि दूध बिक्री गर्दा साबिकमा पाइरहेको ४९.५२ रुपैयाँ प्रतिलिटरमा ६.८१ रुपैयाँ थपिएर ५६.०४ रुपैयाँ पाउन थालेका छन् । डिडिसी तथा निजी डेरीले किसानबाट खरिद गर्ने दूधको मूल्यमा साबिकको भन्दा ६.८१ रुपैयाँ वृद्धि गर्ने गरी १७ माघको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । प्रतिलिटर किसानलाई दिनुपर्ने दूधको मूल्य ६.८१ रुपैयाँ बढेका कारण उपभोक्ता मूल्य १० रुपैयाँ बढाउनैपर्ने दबाबमा रहेका उद्योगीको जिकिर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)