वर्षाका कारण रोकिएको कांग्रेस सभापतिको मतगणना सुरु, खुला मञ्चबाट ल्याइयो मतपेटिका
ratopati.com · Fri Oct 09 19:46:57 GMT 2026

काठमाडौँ । वर्षाका कारण केही समय प्रभावित बनेको नेपाली कांग्रेसको सभापति पदको मतगणना अन्ततः सुरु भएको छ । मौसममा सुधार आएपछि खुला मञ्चमा रहेका सम्पूर्ण मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा ल्याइपुर्याइएको छ ।
वर्षाले गर्दा मतपेटिका भिज्ने जोखिम बढेपछि ढुवानी रोकिएको थियो। तर, वर्षा रोकिएसँगै निर्वाचन समितिले सम्पूर्ण मतपेटिका राष्ट्रिय सभा गृहमा संकलन गरी शनिबार बिहान १ः०० बजेदेखि मतगणना सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)