प्रदेश १ को नाम ‘कोसी’ रहने, दुईतिहाइले प्रस्ताव पारित
nayapatrikadaily.com · Wed Mar 01 16:30:00 GMT 2023
प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो ।
प्रदेश १ ले झन्डै ६ वर्षपछि नाम पाएको हो । प्रदेश सभाको अघिल्लो कार्यकालमा समेत नाम राख्ने प्रयास भएको थियो । तर, तत्कालीन समयमा विभिन्न नामहरूमाथि भएका मतदानमा कुनै पनि प्रस्तावले आवश्यक मत जुटाउन सकेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)