अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीको चासो, मौद्रिक नीति तत्काल सार्वजनिक गर्न निर्देशन
arthasansar.com
प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिएका छन् । मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उनले निर्देशन दिए ।
अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले बिहीबार अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने निकायका पदाधिकारीलाई बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले नेपाल राष्ट्र बैङ्क, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई बोलाएर मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)