कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै
reportersnepal.com · Sat Aug 08 06:50:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे काठमाडौँमा बस्ने भएको छ । संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार बागमती प्रदेश सरकारको राजनीतिक तरलता, सरकारको भविष्यका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावमा समेत छलफल गर्ने कार्यसूची रहेको छ । यसअघिको संसदीय दलको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्ने निर्णय भइसकेकाले आजको बैठकले विश्वासको मत लिन मिति तय गर्ने सचिव महर्जनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)