मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा
barnanmedia.com · Fri Oct 09 20:15:00 GMT 2026

भेनेजुएलाकी पूर्वन्यायाधीश बार्बरा सेजर सिएरोले विपक्षी नेता मारिया कोरिना मचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णयमा सरकारी धम्कीका कारण हस्ताक्षर गरेको खुलासा गर्नुभएको छ । यसपछि मचाडोमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग पुनः उठेको छ ।
सन् २०१४ देखि २०२४ सम्म सर्वोच्च अदालतमा न्यायाधीश रहनुभएकी ५१ वर्षीया सेजरका अनुसार निर्णयमा हस्ताक्षर गराउन सरकारले उहाँका दुई भाइ र एक बहिनीलाई पक्राउ गरेको थियो । तीनै जना सैनिक सेवामा कार्यरत थिए । “हस्ताक्षर गरे उनीहरूलाई रिहा गर्लान् भन्ने सोचेँ । तर, हस्ताक्षर गरेपछि पनि उनीहरू हिरासतमै रहे”, उहाँले एएफपीलाई भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)