राजनीतिक हिंसालाई माफी दिन सरकारको प्रस्ताव
ekantipur.com · Thu Jul 20 00:43:52 GMT 2023
काठमाडौँ — संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन उल्लंघनहुने गरी सरकारले राजनीतिक हिंसालाई माफी दिने र त्यसमा संलग्नको मुद्दा फिर्ता लिने गरी संसद्मा विधेयक पेस गरेको छ । कानुनमन्त्री धनराज गुरुङले मुलुकी फौजदारी अपराध संहितालाई संशोधन गर्न असार मसान्तमा संसद्मा पेस गरेको विधेयक तत्काल फिर्ता लिन संविधानविद्हरूले सुझाएका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ‘शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने’ प्रावधान थप गर्नुपर्ने प्रस्ताव विधेयकमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)