मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

निरन्तरको वर्षाले विजया दशमी प्रभावित, सचेत रहन आग्रह

hamrakura.com · Wed Oct 05 00:00:00 GMT 2022

काठमाडौं । निरन्तरको वर्षाले यसपटकको विजया दशमी प्रभावित भएको छ । हिजोदेखि परेको निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ । बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)