सन् २०४० सम्म ६३ लाख पर्यटक भित्र्याउन दीर्घकालीन रणनीति आवश्यक [भिडियो]
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले अत्यधिक लगानी, घट्दो व्यवसाय र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीबाट गुज्रिरहेको बताएका छन्। उनले पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारसँगै बजार विश्लेषण, सेवा गुणस्तर र मानव पुँजी विकासमा तत्काल ध्यान दिनुपर्ने बताए।
पाण्डेका अनुसार नेपालको पर्यटन सेवाको स्तर एसियाकै उत्कृष्टमध्ये पर्छ। अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली आतिथ्य र सेवाले सकारात्मक पहिचान बनाएको भए पनि पछिल्लो समय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यकताभन्दा बढी लगानी हुँदा व्यवसायिक दबाब बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)