मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

kendrabindu.com · Wed Feb 11 00:58:04 GMT 2026

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँका पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त मतदानस्थलमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला मुस्ताङमा समरस्थित समर आधारभूत मतदानस्थलपछि वारागुङ मुक्तिक्षेत्र–५ साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मतदाता छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)