आयोगले ६ हजार ७४३ वडामा दिँदैछ मतदाता शिक्षा
himalpress.com · Wed Feb 11 00:41:43 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो। देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)