मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के हो कुखुरामा देखिएको इकोलाईको समस्या?

himalpress.com · Wed Feb 11 00:53:36 GMT 2026

चितवन- जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ। राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो।

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ। उनका अनुसार मरेको कुखुराको कलेजोको नमूना परीक्षण गर्दा यो रोगको समस्या पहिचान भएको हो । उनका अनुसार दूषित पानीको प्रयोगले यो रोगको समस्या बढी देखिने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)