जातीय तथा क्षेत्रीय भावनामा खेल्ने प्रयासलाई ‘गलत सेन्टिमेन्ट’मा खेलिदैछ : आरती लामा
himalpress.com · Wed Feb 11 01:03:46 GMT 2026

सर्लाही- नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई तथ्यका आधारमा खण्डन गर्दै अघि बढ्नुपर्ने बताएकी छन्। सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै लामाले क्रान्तिकारी इतिहासको उदाहरण प्रस्तुत गर्दै चे ग्वेभाराको जीवनयात्रालाई स्मरण गरिन्। ‘चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर क्युबामा क्रान्ति गरेर बोलिभियामा बलिदान भए। त्यो इतिहास हामीले पढेका छौँ, बुझेका छौँ,’ उनले भनिन्।
लामाले त्यसै सन्दर्भमा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको राजनीतिक जीवन देश, समाज र परिवर्तनका लागि समर्पित रहेको उल्लेख गरिन्। ‘उहाँ गोरखामा जन्मिए पनि देशका हरेक कुनामा पुगेर योगदान दिनुभएको छ। आज उहाँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा आइपुग्नुभएको छ,’ उनले भनिन्। उनले गौतम बुद्धको भनाइ ‘अप्पदीपो भव’ उद्धृत गर्दै नागरिकले अरूको कुरा मात्रै होइन, आफैँ बुझेर, विश्लेषण गरेर निर्णय गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)