मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले क्षेत्रीय संयोजक नेकपामा

himalpress.com · Wed Feb 11 01:15:47 GMT 2026

सर्लाही- नेकपा एमाले सर्लाही निर्वाचन क्षेत्र नं ३ (ख) का क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विगतमा करिब १० वर्ष नेपाली कम्युनिस्ट पार्टीमा रहेर काम गरेको र केही असन्तुष्टिका कारण एमालेमा गएको बताए। एमालेमा करिब ५ वर्ष बिताएको उल्लेख गर्दै उनले जहाँ रहे पनि सत्य, इमान्दारी र मेहनतका साथ काम गर्ने बानी रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)