एएसबिसी यू–२२ मा नेपाली बक्सर सुस्मा तामाङलाई ऐतिहासिक रजत पदक
pahilopost.com · Wed Jan 25 16:52:07 GMT 2023
काठमाडौं: थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर सुष्मा तामाङले रजत पदक जितेकी छिन्। आज सम्पन्न महिला तर्फ ४८ किलो तौल समुहको फाइनल खेलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग ५-० अंकको आधारमा पराजित भएसँगै रजत पदक जितेकी हुन्।
तामाङले क्वाटरफाइनलमा भियतनामकी क्यूनहानलाई ५-० अंकले हराएकी थिइन् भने सेमिफाइनल खेलमा मंगोलियाकी प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)