मारिए आईएसआईएसका नेता कुरेसी
rajdhanidaily.com · Fri Feb 04 00:44:10 GMT 2022
वासिंटन । मुस्लिम अतिवादी समूह आईएसआईएसका नेता अबु इब्राहिम अल–हासिमी अल कुरेसी मारिएका छन् । संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा उनी मारिएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आईएसआईएसका नेता कुरेसीको आफ्ना सैनिकको कारबाहीमा मृत्यु भएको जनाएका छन् । उनले आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको कारबाहीमा कुरेसीको मृत्यु भएको उल्लेख गरेका छन् । उनले बिनाकुनै क्षति कारबाही सफल भएको पनि जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)