माझी समुदायले मनाए ऐतिहासिक-अनौठो ‘पितरा पर्व’
ratopati.com · Fri Oct 03 17:06:00 GMT 2025

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटिकाको भोलिपल्ट यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दछन् ।
अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरापर्व’ भनिने गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)