कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे
thahakhabar.com

कालीकोट : कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन्।
खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)