मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो टी-२० मा न्युजिल्यान्ड विरुद्ध भारत विजयी

deshsanchar.com · Sun Jan 29 17:46:47 GMT 2023

पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। आइतबार लखनउमा भएको दोस्रो खेलमा न्युजिल्यान्डले दिएको ९९ रनको लक्ष्य भारतले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्दै सिरिज १-१ को बराबरी गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको किवी टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो। उसका लागि कप्तान मिचेल स्यान्टनरले १९ रनको अविजित इनिङ खेल्नु सर्वाधिक रह्यो। भारतका अर्सदीप सिंहले २ विकेट लिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)