वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन
khabarhub.com · Sat Aug 08 08:07:38 GMT 2026

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो ।
पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाइ हुँदै आएको छ । सफाइका क्रममा कुहिने फोहर भने यहीँ खाडल खनेर गाडिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। उनका अनुसार सो अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका १५० बिरुवा रोपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)