ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
barnanmedia.com · Sat Aug 08 07:56:17 GMT 2026

ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिनुभयो । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास (होमस्टे)को विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)