मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोटाङमा ‘नागरिक संवाद अभियान’

ratopati.com · Fri Oct 09 21:49:15 GMT 2026

खोटाङ । नागरिक, प्रशासन र प्रहरीबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोटाङमा ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी अभियान’ सुरु गरिएको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोेटाङले संयुक्त अभियान सुरु गरेको हो ।

रावाबेँसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका दश वटै स्थानीय तहमा सञ्चालन गरिने आयोजकले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय योङ्सोलाटारमा शुक्रबार आयोजना गरिएको संयुक्त कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेत, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)