मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिको फेरोमा एनआरएनए

annapurnapost.com · Thu Dec 30 06:41:00 GMT 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) चुनावका विषयलाई लिएर चरम विवादमा फसेको छ। नयाँ नेतृत्व छान्न नसक्दा अलिकति भए पनि कमाएको गरिमा गुमाएको छ। संगठनभित्र गुम्सिएर रहेका विवाद छरपस्ट छन्। राजनीतिक हस्तक्षेपकै कारण सबै समस्या निम्तिएको संघमा आबद्ध नै बताउँछन्÷स्विकार गर्छन्। चुनावमा पनि राजनीतिक हस्तक्षेप भयो। परराष्ट्र मन्त्रालयको बारम्बारको हस्तक्षेप चुनावमा देखियो। यसको पक्ष र विपक्षमा बहस भए। तर, चुनाव भएन। समस्या अदालतमा पनि पुग्यो। फैसला आयो। तर, फैसलाको कार्यान्वयन अझै भएको छैन। संघका उपल्ला पदाधिकारीले राजनीतिको फेरो समाउँदाको परिणाम अहिले देखिएको छ। जसको सबैभन्दा ठूलो मारमा चुनाव परेको छ। संघको भविष्य अन्धकारमा फस्दैछ।

प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षको परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि समस्या बाहिर आयो। चुनाव रोकियो। मन्त्रालयले असन्तुष्ट पक्षहरूको माग सुनुवाइ गर्दै विवाद समाधान नहुँदासम्म निर्वाचन रोक्न निर्देशन दियो। त्यसविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गए। अदालतले चुनाव गराउन आदेश दिएपछि डिसेम्बर १५ मा संघको कार्यसमिति बैठक बस्यो। निर्वाचन गराउन प्रयास भयो। सम्भव भएन। अझै यस्ता कुरामा संघ अल्झिएको छ। आफूले गर्ने काम भुलेको छ। संगठनको निर्वाचन प्रक्रिया नै प्रदूषित बन्न सुरु भएको छ। यसले भविष्यका चुनाव र संघले गर्ने कामलाई पनि अब प्रत्यक्ष असर गर्नेछ। संघको काममा दाग लाग्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)