विगतका एजेण्डा ‘कपी’ गर्दै संघको ४८ औं सभा सम्पन्न
rajdhanidaily.com · Mon Mar 11 23:22:30 GMT 2024
वीरगन्ज । डेड दशक अगाडीका ‘एजेण्डा’ यो पटक पनि कपी गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको ४८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । राज्यद्वारा अघोषित वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा नियमित विद्युत आपूर्तिको मुद्दा संघले डेड दशक अगाडीदेखि उठाउँदै आएको थियो ।
यो पटक पनि सो मुद्दा लगायतका एजेण्डा संघको बार्षिक साधारण सभामा कपी भएका छन् । व्यवस्थित विद्युत आपूर्ति अझै नभएको र लोड सेडिङ्गको समस्या कायमै रहेको भन्दै संघले डेड दशक अगाडी उठाउन थालेको औद्योगिक क्षेत्रको समस्याको एजेण्डा यो पटक पनि पुनः बार्षिक साधारण सभा समेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)