घडेरी खन्दा तानसेनमा सय वर्षअघिका तोपका गोला भेटिए
ekantipur.com · Wed Dec 21 01:08:22 GMT 2022
पाल्पा — तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् ।
नेपाली सेनाको जग्गा भएको र उक्त जग्गामा अतिथि गृह निर्माण गर्न घडेरी खन्ने क्रममा गोला भेटिएको जानकारी पाएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ३०० भन्दा बढी तोपका गोला फेला परेको प्रहरीले जनाएको छ । ‘अझै पनि संकलन गर्ने क्रम जारी रहेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)