आरन पेसालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर
ratopati.com · Fri Oct 09 22:20:34 GMT 2026

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेसा गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखिको पुर्ख्यौली पेसालाई उनले निरन्तरता दिँदै आएका छन् ।
केही वर्षअघि कमजोर आर्थिक अवस्थाको कारण दश वर्षजति अर्काकोमा ज्यालादारीमा काम गरेका विकले अहिले आफैँ आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय आधुनिकतासँगै पुराना पेसा विस्थापित हुँदै गएको अवस्थामा उनले भने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आफ्नो श्रम र सीपबाट परिवारको जीविकोपार्जन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)