भारतमा लोकसभा निर्वाचन सुरु : पहिलो चरणमा ६० प्रतिशत मत खस्यो
nayapatrikadaily.com · Sat Apr 20 00:14:00 UTC 2024

भारतको लोकसभा निर्वाचनको पहिलो चरणमा शुक्रबार २१ राज्य (केन्द्रशासित प्रान्त)सहितका एक सय दुई सिटका लागि मतदान भएको छ । कुल पाँच सय ४३ सिटमध्ये शुक्रबार पहिलो चरणमा भएको चुनावमा ६० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगले औसत ६० प्रतिशत मतदाताले मतदान गरेको जनाएको छ ।
त्रिपुरामा सबैभन्दा बढी मत ७९ प्रतिशत खसेको छ । सबैभन्दा कम मतदान बिहारमा ४७ प्रतिशत मात्र भएको छ । जम्मु–कस्मिरमा ६५ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)