कमल थापाले रोजे ‘दरबार’सँग टकराव
onlinekhabar.com · Tue Feb 08 16:56:08 GMT 2022
२५ माघ, काठमाडौं । आफू निकट नेताहरुलाई ‘विकल्प खोज्नुपर्ने हुनसक्छ, तयार भएर बस्नुस्’ भनेर गृहजिल्ला मकवानपुर पुगेका कमल थापाले मंगलबार राप्रपासँग ३१ वर्ष लामो सम्बन्ध तोडेको घोषणा गरे । राप्रपाका निवर्तमान अध्यक्ष थापाले भनेका छन्, अत्यन्त भारी मनका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु ।’
निकटवर्तीहरुका अनुसार थापाले राप्रपासँगै सक्रिय राजनीति छाडेका होइनन्, ‘दरबार’सँग टक्करमात्र थालेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएकै दिन उनले यो बाटो हिँड्ने संकेत गरेका थिए । चुनावी हार स्वीकार गर्दै उनले ११ मंसिरमा ट्विट गरेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् हार्दिक शुभ–कामना ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)