भक्तपुरमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु
nepalwatch.com · Tue Jul 09 17:17:01 UTC 2024
काठमाडौं । भक्तपुरमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । सुर्यबिनायक नगरपालिका–७ गुण्डु तीनधारे स्थित सडकमा बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटर र बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुदाँ बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटर चालक सुर्यबिनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीया राजाराम थापामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)