सर्वसम्मत पारित भयो काठमाडौं महानगरको बजेट
farakdhar.com · Tue Jul 09 17:30:31 UTC 2024

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । राष्ट्रिय सभा गृहमा आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।
बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गरेको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)