लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
ratopati.com · Mon Jun 08 15:12:09 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेस भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकले बर्दिया अस्पताल, गुलरिया अन्तर्गत प्रदेश स्वास्थ्य सेवामा मेडिकल जनरलिस्ट समूह, एघारौँ तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि,२०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)