त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित
Ujyaaloonline.com · Sat Sep 18 00:49:33 GMT 2021
काठमाण्डाै - विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो ।
अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)