मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

nagariknews.nagariknetwork.com · Mon Jun 08 14:57:19 GMT 2026

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा सोबार बिहान सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका-९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)