मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यावसायिक निरन्तरता कर्जा लिने ऋणी एक जना मात्र

ekantipur.com · Wed Sep 01 01:02:46 GMT 2021

काठमाडौँ — कोभिडका कारण उत्पन्न असहज परिस्थितिले शिथिल बनेको व्यावसायिक क्षेत्रलाई प्राण दिन भन्दै सरकारले ल्याएको व्यावसायिक निरन्तरता कर्जा चालु आर्थिक वर्षमा एक जनाले मात्र लिएका छन् । यो बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजदरमा पाइने सस्तो कर्जा हो । कोभिडबाट धेरै व्यवसाय प्रभावित भएको भनिए पनि यो कर्जामा व्यवसायीकै रुचि नहुनुलाई चासोका रूपमा हेरिएको छ ।

चालु आर्थिक वर्षमा भने एक जना ऋणीले मात्र यस्तो कजा लिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत एक शैक्षिक संस्थाले मात्र व्यावसायिक निरन्तरता कर्जा लिएको हो । कोभिडबाट प्रभावित उद्योगी व्यवसायीको व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले गत आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त कार्यक्रम ल्याएको हो । बजेट कार्यान्वयन आएको ५ महिना (गत मंसिर) पछि मात्र उक्त कार्यक्रम लागू भयो । यसअनुसार गत आर्थिक वर्षमा ७२ ऋणीले यो कर्जा लिएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्म यो शीर्षकमा ९५ करोड ६७ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यसमध्ये ७३ करोड ६८ लाख रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)