मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टपरी बेचेर मासिक डेढ लाख कमाउँछन् जितेन्द्र

nepalsamaya.com · Thu Sep 26 15:16:00 UTC 2024

सर्लाही- जिल्लाको हरिवन नगरपालिका-४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन्। दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी स्वरोजगार बनेका हुन्।

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँतल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए। महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)