पानीको मुहान सुक्न थालेपछि रिचार्ज पोखरी
nepalsamaya.com · Thu Sep 26 15:46:00 UTC 2024
मनाङ- जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ। त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन्। पर्यावरण संरक्षणका लागि जिल्लाको नासोँ गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ।
हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। वडा नं ६ स्थित पोंकर ताल परिसरमा गाउँपालिकाको कार्यापालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)