मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत

lokaantar.com

नेपालमा अण्डाको उत्पादन र खपत बढाउन सरोकारवालाले जोड दिएका छन् । विश्व अण्डा दिवसका अवसरमा शुक्रबार चितवनमा आयोजित छलफलमा उनीहरूले सरकारी र निजी क्षेत्रको सहकार्यमा अण्डाको उत्पादन बढाउनुका साथै यसको पोषण महत्वबारे जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा हाल दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुँदै आएको छ । उत्पादनलाई बढाएर दैनिक ६५ देखि ७० लाख पुर्‍याउने लक्ष्यसहित काम भइरहेको उनले बताए । सरकारले विद्यालयको दिवा खाजामा हरेक दिन अण्डा समावेश गरे प्रतिअण्डा पाँच रुपैयाँ छुट दिन किसान तयार रहेको पनि उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)