रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट विक्री खुला
baahrakhari.com · Fri Apr 02 00:48:00 GMT 2021
काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)