रास्वपाको बारा जिल्ला अधिवेशन स्थगित
annapurnapost.com · Mon Jun 08 15:18:04 GMT 2026

सिमराः विवाद चर्किँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै मंगलबारका लागि तय भएको अधिवेशन स्थगित गरेको हो।
केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले विविध अपरिहार्य कारण देखाउँदै अधिवेशन स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरेका छन्। उनले अधिवेशनका सम्पूर्ण प्रक्रियाहरू स्थगित भएको र अर्को निर्देशनको प्रतीक्षा गर्न आग्रह गरेका छन्। जेठ २६ गते निजगढस्थित शुभकार्य बैंकेटमा बिहान ९ बजेका लागि अधिवेशन बोलाइएको थियो। अधिवेशनको मिति नजिकिदै गर्दा जिल्लास्थित नेताकार्यकर्ता नेतृत्व चयनको रस्साकस्सीमा थिए। तर अचानक अधिवेशन स्थगित भएपछि जिल्लास्थित नेताकार्यकर्ता समेत आश्चर्यमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)