मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुनसुकै सिलिन्डर साट्न पाइने

gorkhapatraonline.com · Sat Oct 10 01:45:43 GMT 2026

बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाउने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले दसैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न लागेको हो । सङ्घका अनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न छ स्थानबाट यस्तो सुविधा लिन सकिने छ ।

सङ्घका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउने छन् । यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुनपर्ने सङ्घले जनाएको छ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान ९:३० देखि बेलुका ४ बजेसम्म ग्यास वितरण हुने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)